Rule 32
कोषको कार्यावधि
(१) कोषको कार्यावधि कोष स्थापना भएको मितिले तीन वर्षको हुनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि सो अवधिसम्म यस नियामावली बमोजिमको काम सम्पन्न नभएमा नेपाल सरकारले कोषको कार्यावधि सम्वत ः २०७५ असार मसान्तमा नबढाई थप गर्न सक्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिमको अवधि समाप्त भएपछि कोष स्वतः विघटन हुनेछ ।
(४) उपनियम (३) बमोजिम कोष विघटन हुँदा कोषमा कुनै रकम बाँकी भएमा त्यस्तो रकम संचित कोषमा दाखिला गरिनेछ ।